गृहपृष्ठ बिमस्टेक सार्कको विकल्प होइन : प्रधानमन्त्री

बिमस्टेक सार्कको विकल्प होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक)को विशिष्ट महत्व रहेको बताएका छन् । बिमस्टेक शिखर सम्मेलनको उद्घाटन गर्दै उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बिमस्टेक दुवै क्षेत्रीय संगठन नेपालको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण भएको बताए ।

सम्मेलन आयोजक राष्ट्रका प्रमुख रहेकाले सभापतित्व ग्रहण गरेका ओलीले दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका मुलुकलाई जोड्ने दुवै सङ्गठन अपरिहार्य रहेका उल्लेख गरे ।

भारतले सार्कको विकल्पको रुपमा बिमस्ष्टेक सम्मेलनलाई लिएको खबरहरु भारतीय मिडियाबाट सार्वजनीक भईरहँदा प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरे । उनले भने, ‘सार्क र बिमस्टेक एकअर्कालाई निषेध गर्न र एकअर्काको विकल्पका रुपमा गठन गरिएको होईन, दुवै क्षेत्रीय संगठन सदस्य सबै देशका लागि सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण संगठन हो ।’

सार्क र बिमस्टेकमा धेरै समानता र चुनौति रहेको वास्तविकता बताउँदै ओलीले दुवै सङ्गठनको लक्ष्य र उद्देश्य गरिबी हटाउने, सम्पन्न समाज निर्माण गर्ने भएको प्रष्ट पारे । पारस्पारिक सहयोग अभिवृद्धि गर्दै सदस्य मुलुकबीच सडक, रेल, हवाई मार्ग र ‘अप्टिकल फाइबर’का माध्यमबाट सम्पर्क र सम्बन्ध कायम गरी व्यापार साझेदारी गर्नु रहेको दुवै संगठनका काम रहेका ओलीले बताए ।

यस पटकको सम्मेलनको महत्वपूर्ण निर्णय, उर्जा ग्रिडमा हस्ताक्षर हुने बताउदै ओलीले नेपालमा उत्पादित ऊर्जालाई सदस्य मुलुकसँग पुर्याउन सकिने बताए । उनले भने ‘अब नेपालको बिजुली म्यान्मार सम्म पु¥याउन सकिन्छ ।’

सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको दक्षिण एसियाली सहयोग संगठन सार्कको १५ औं सम्मेलनमा भारतले सहभागीता नजनाउने भनेपछि हुन सकेन । भारत र पाकिस्तानबीचको विवादकै कारण सार्कको आउँदो सम्मेलन अनिश्चित बनिरहँदा भारतले भने पाकिस्तान सदस्य नरहेको बिमस्टेकलाई प्राथमिकता दिएको बताईन्छ ।

क्षेत्रीय विकाशमा पाकिस्तानलाई अलग गर्न भारतले बिमस्टेकलाई सार्कको बिकल्पको रुपमा लिएको भारतीय अखबारहरुले बताएका छन् । तर, प्रधानमन्त्री ओलीले भने सार्क शिखर सम्मेलन र बिमस्टेकको अलग अलगक महत्व रहेको स्पष्ट पारेका हुन् । सम्मेलनको पहिलो वक्ता रहेका ओलीलले सुरुमा नेपाली भाषामा सदस्य राष्ट्रका प्रमुखलाई सम्बोधन गर्दै स्वागत गरे । त्यसपछी उनले अग्रेजी भाषमै आफ्नो धारणा राखिरहेका छन् ।

७ राष्ट्र सहभागी बिमस्टेकको चौथो शिखर सम्मेलन शुक्रबारदेखि काठमाडौंमा शुरु भएको हो । शिखर सम्मेलनलाई सबै सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्नेछन् ।

बिमस्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बंगलादेश, भारत, म्यान्मार, श्रीलंका थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् । बंगालको खाडी वरपरका यी देशहरु सामाजिक तथा आर्थिक विकासको सम्भावना र सहयोग आदान प्रदानमा ऐक्यबद्ध हुन बिमस्टेकमा संगठित भएका हुन । बिमस्टेकले विभिन्न १४ वटा क्षेत्रलाई आफ्नो कार्यक्षेत्र तोकेको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु