गृहपृष्ठ सावधान ! अझै नेपाल छिर्दैछन् रोहिङ्या
सावधान ! अझै नेपाल छिर्दैछन् रोहिङ्या
म्यानमारको रोहिङ्या शरणार्थी समस्या समाधान भयो भनेर नेपाल सरकारले ती शरणार्थीबारे कुनै ध्यान नदिइरहेको बेला नेपालमा रोहिङ्ग्याहरू फेरि छिर्न थालेको पाइएको छ । म्यानमारबाट बंगलादेश, भारत हुँदै ती रोहिङ्याहरू नेपाल छिर्ने गरेका हुन् ।
विशेषगरी भारतको पश्चिम बंगालबाट विभिन्न नाकामार्फत् रोहिङ्ग्याहरू नेपाल छिर्ने गरेको पाइएको छ । भर्खरैमात्र नेपाल भारतबीचको काँकडभिट्टा–पानीटंकी नाका हुँदै नेपाल छिर्न लागेका ६ जना रोहिङ्ग्यालाई भारतीय ‘बोर्डर इन्ट्राक्सन टिम’ले समातेपछि यो रहस्य खुलेको हो । ‘बोर्डर इन्ट्राक्सन टिम’ले शनिबार पानीटंकीबाट नेपाल छिर्नै लाग्दा एक जना महिलासहित ६ जना रोहिङ्ग्यालाई पक्रेर प्रहरीमा बुझाएको हो ।
पछिल्लो समय नेपाल सरकारले रोहिङ्ग्यालाई नेपाल प्रवेशमा रोक लगाउन काकडभिट्टा नाकामा कडाई गर्दै आए पनि काठमाडौंको कपनमा रहेको अवैधानिक रोहिङ्ग्या शरणार्थी शिविरमा सम्पर्क गरि भारत हुदै यस्ता शरणार्थी सुटुक्क नेपाल छिर्ने गरेका छन् । कपनमा रहेका रोहिङ्ग्याहरू अहिले उनीहरु ज्यालादारी मजदुरीसहित विभिन्न काममा संलग्न छन्।
म्यानमारमा मुस्लिम रोहिङ्ग्या विरुद्ध त्यहाँको सेनाले कारबाही चलाएपछि रोहिङ्ग्याहरू देश छाडिरहेका छन्। म्यानमारको राकिने राज्यमा सन् २०१२ मा भड्किएको हिंसापछि रोहिङ्ग्या मुस्लिमले देश छाडेका थिए, तिनै रोहिङ्याहरू कपनमा टहरा बनाइ बसेका हुन् । सुरुमा १ सय ९० जना जतिको संख्यामा नेपाल आएका उनीहरुको संख्या अहिले ५ सयको हाराहारीमा पुगेको छ ।
प्रकाशित समय १४:५१ बजे

















