गृहपृष्ठ यस्तो देखियो जनकपुरमा छठको रौनक (फोटो फिचर)
यस्तो देखियो जनकपुरमा छठको रौनक (फोटो फिचर)
अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
मिथिलान्चलको सबैभन्दा बढी श्रद्धाभक्तिपूर्वक मनाइने पर्व हो छठ । सोही पर्वका अवसरमा मंगलबार अस्ताउदो सूर्यलाइ अर्घ दिइएको छ ।
निराहार बसेका ब्रतालुहरुले विभिन्न पुजासामग्रीसहित जनकपुरको गंगासागर, धनुषसागर, गोरधोइ पोखरी, दशरथ तलाउ, अरगजा पोखरी, अगराजसर, रत्नसागर, विहारकुण्ड, अग्निकुण्डलगायतका जलासयमा पुगी श्रद्धा भक्तिपूर्वक पूजा गरिरहेको दृष्यले सबैको मन आनन्दित हुन्थ्यो ।

जनकपुरका प्राय सबै तलाउ, पोखरी, सागर विवाहमा सिँगारिएकी बेहुलीजस्तै झकिझाउ पारिएक छन् । झकिझकाउ पारिएको पोखरी सागर, तलाउमा श्रद्धालुहरुले श्रद्धाभक्तिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ दिइरहँदाको दृष्यले बेग्लै आनन्द दिएको थियो ।
आस्था र निष्ठाका साथ मनाइने छठ पर्व गर्दा चर्मरोगको नाश हुनुको साथै मनोकाक्षा पूरा हुने जनविश्वास रहेको छ । ४ दिनसम्म मनाइने यो पर्वको मंगलबार तेस्रो दिन अस्ताउदो सूर्यलाइ अर्घ दिइएको छ भने बुधबार उदाउँदो सूर्यलाइ केरा, ठेकुवा, भुसवा, मिठाई, फलफूल चढाएपछि औपचारिक रुपमा सम्पन्न हुनेछ ।

धनुषाको उतरवर्ती क्षेत्रमा जलासय अभावले इनारमासमेत ब्रतालुहरुले छठ पूजा गरि रहेका छन् । धनुषालगायत महेन्द्र राजमार्गक्षेत्रमा जलासय अभावले गर्दा स्थानीयहरुले वर्षभरी इनारबाट खानेपानी उपभोग गर्दै आएकाले इनारलाई बेहुली झै सजाएर इनारको चारैतिर छठ पूजा सामग्री राख्दै पूजा गरिरहेका छन् ।
अस्ताउँदै गरेको सूर्यलाइ ‘कठौता’मा पानी राखेर अर्घ दिएको बटेश्वर गाउँपालिका वाडा नम्बर १ का ब्रतालु पुनिता देविले बताइन् । उनले भनिन् यहाँ सुख्खा ठाउँ रहेकाले गाउँमै जलासय, पोखरी नरहेकाले इनारमै छठ पूजा गरिँदै छ ।


प्रकाशित समय १८:४४ बजे

















