गृहपृष्ठ मधेसी जनता नेकपाको सम्पत्ति : प्रचण्ड

मधेसी जनता नेकपाको सम्पत्ति : प्रचण्ड

'तराई मधेसमा विखण्डनको नारा दिने समूह शान्ति प्रक्रियामा सामेल'

Prachanda_rautahat-newskarobar

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका नेकपाका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनता नेकपाको सम्पत्ति भएको बताएका छन् । रौतहटमा शनिबार नेकपा प्रदेश २ ले आयोजना गरेको आमसभामा प्रचण्डले मधेसी जनता नेकपाको सम्पत्ति भएकाले तराई/मधेसमा चार वर्षसम्‍म कसैले हराउन नसक्ने उनले बताए ।

आगामी निर्वाचनमा नेकपाले दुई तिहाई मात्रै होइन, ८० प्रतिशत मत ल्याउने उनको दाबी छ । ‘त्यसका लागि मधेसी जनतालाई लक्षित गरी पार्टीले विकास र समृद्धिको विशेष प्‍याकेजको व्‍यवस्था ल्‍याउनेछ,’ उनले भने, ‘हामी त्‍यसै बोलेका होइनौं । अब नेकपाले विशेष प्याकेज ल्याउँछ, विकास र समृद्धिका लागि, सबैभन्दा ठूल्ठूला परियोजना यहाँ आउँछन् ।’

सिके राउतसँग प्रधानमन्त्री ओलीको पहलमा राजनीतिक सम्झौता गरेर शान्ति प्रक्रियामा सामेल गराएको उनको प्रस्टीकरण छ । ‘तराई मधेसमा विखण्डनको नारा दिने समूह शान्ति प्रक्रियामा सामेल भएको छ, जुन निकै सकारात्मक छ,’ उनले भने ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु