गृहपृष्ठ विप्लवका धनकुटा-मोरङ सेक्रेटरी पक्राउ

विप्लवका धनकुटा-मोरङ सेक्रेटरी पक्राउ

pakrau-arrest-newskarobar

नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका–३ बाट बिहीबार प्रहरीले सो पार्टीका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले प्रतिबन्ध लगाएपछि फरार भएका राई स्थानीय एक घरमा लुकिछिपि बसेको उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए । मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा विप्लव समूहले गराएका घटनामा राईको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु