गृहपृष्ठ सरकारलाई अप्ठेरो पार्ने कांग्रेसको योजना, डा. केसीपछि अब ‘सुनकाण्ड’
सरकारलाई अप्ठेरो पार्ने कांग्रेसको योजना, डा. केसीपछि अब ‘सुनकाण्ड’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अब ‘सुनकाण्ड’लाई लिएर सरकारलाई अप्ठेरो पार्ने रणनीति बनाएको छ ।
सुनकाण्डमा ठूल्ठूला नेतादेखि उच्च पदस्थ अधिकारी नै संलग्न रहेको र ती सबैमाथि कारबाही गर्ने बताएका गृहमन्त्री रामबहादुर थापाले अहिलेसम्म ठूला नाइकेलाई समाउन सकेका छैनन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद उमा रेग्मीले सुनकाण्डको छानबिनबारे सदनलाई जानकारी गराउन माग गरिन् ।
डा. गोविन्द केसीले अनसन तोडेपछि कांग्रेसले सुनकाण्डबारे सरकारसँग जवाफ माग्ने र चित्त नबुझे सदन नै अवरुद्ध गर्नेसम्मका योजना बनाएको कांग्रेसका एक नेताले न्युज कारोबारलाई बताए ।
प्रकाशित समय १३:२४ बजे