गृहपृष्ठ विवेकशील साझा फुट्यो, थापाको पक्षमा रन्जु दर्शनासहित १६ जना

विवेकशील साझा फुट्यो, थापाको पक्षमा रन्जु दर्शनासहित १६ जना

bibeksil_sajha

वैकल्पिक शक्ति बन्ने उद्घोषका साथ गठन भएको विवेकशील साझा पार्टी विभाजित भएको छ । केन्द्रीय सदस्यमध्ये १६ जनाले नयाँ दल दर्ताको निवेदन दिएपछि सो पार्टी औपचारिक रुपमा विभाजन भएको हो । उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत छन् । पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो थापा पक्षलाई थप बिच्काउने काम गरेका थिए ।

६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि थापा समूहले नयाँ दल गठन गर्ने सम्मका काम गरेका हुन् । विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन लागेका हुन् ।

प्रकाशित समय १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु