गृहपृष्ठ सरकारविरूद्धको आन्दोलनलाई कांग्रेसले थप सशक्त बनाउने

सरकारविरूद्धको आन्दोलनलाई कांग्रेसले थप सशक्त बनाउने

bishwoprakash sharma

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् ।

बुधबार पत्रकार सम्मेलनका क्रममा शर्माले सरकारविरूद्धको आन्दोलन नरोकिने बरू थप सशक्त बनाइने जानकारी दिए । यही माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने कांग्रेसको पूर्व निर्धारित कार्यक्रम छ । उक्त कार्यक्रममा फेरबदल नभएको प्रवक्ता शर्माले जानकारी दिए ।

यसअघि कांग्रेसले दुई नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई संघ मातहत ल्याउनुपर्ने भन्दै चर्को आवाज उठाएको थियो । ती अस्पताललाई संघ मातहतबाट हटाएर नेताहरूको अवमूल्यन गर्न खोजेको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।

यद्यपी सोमबार बसेको मन्त्रिपरिषद बैठकले ती अस्पताल संघ मातहत ल्याउने निर्णय गरेको थियो । अस्पतालहरू संघ मातहत ल्याइएपछि कांग्रेसका पूर्वनिर्धारित विरोधका कार्यक्रम के हुने भन्ने अन्योलका बीच प्रवक्त शर्माले विरोधका कार्यक्रम जारी रहने बताए ।

प्रवक्ता शर्माका अनुसार कांग्रेसको अबको आन्दोलन भ्रष्टाचरविरूद्ध, संघीयताको कार्यान्वयन संविधानमा उल्लेख भएबमोजिम हुनुपर्ने तथा डा. गोविन्द केसीको माग सम्बोधनमा केन्द्रित हुने उनको भनाई थियो । त्यस्तै संसदीय सर्वोच्चताका लागि पनि आन्दोलन केन्द्रित हुने शर्माले जानकारी दिए ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु