गृहपृष्ठ प्रधानमन्त्रीले भने- डाक्टरहरले बन्द हड्ताल गर्न मिल्दैन

प्रधानमन्त्रीले भने- डाक्टरहरले बन्द हड्ताल गर्न मिल्दैन

‘एउटा रंगशालाले पुग्दैन, त्यसैले सबै जुटौं’

pm oli

प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टरहरले बन्द हड्ताल र आन्दोलन नमिल्ने बताएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममा उनले नेपालमा चिकित्सकहरुले समेत बन्द हड्ताल गर्ने गरेको बताए ।

डा गोबिन्द केसीको अनसनप्रति समर्थन गर्दै डाक्टरहरुले गर्न थालेको आन्दनोलनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘नेपालमा हड्ताल मजदुरले गर्ने नभएर डाक्टरहरुले गर्ने भएको छ,’ प्रधानमन्त्रीले भने, ‘डाक्टरको काम अन्य देशमा बिरामी हेर्ने हुन्छ तर, नेपालमा फरक छ ।’ प्रधानमन्त्री ओलीले नेपालका डाक्टरले आन्दोलन नगरी बिरामी हेर्न आग्रह गरे ।

 

एउटा रंगशालाले पुग्दैन

कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस सुन्तली फाउन्डेसन’ले भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुवैको प्रशंसा गरे । उनले रगशाला निर्माणमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए ।

‘हामीकहाँ यस प्रकारको स्तरीय क्रिकेट रंगशालाको आवश्यकता थियो, अभाव थियो । हामीकहाँ भएका रंगशाला कामचलाउ मात्रै छन् । यसलाई अभ्यासको रुपमा मात्रै लिन सकिने अवस्था छ । यस सन्दर्भमा धुर्मुस सुन्तली फाउन्डेसनले आफूलाई अगाडि सारेको छ । ठूलो अठोट गरेको छ,’ प्रधानमन्त्रीले भने ।

सीताराम कट्टेल र कुञ्जना घिमिरेले जस्तै अरुले पनि केही गरेर देखाउन प्रधानमन्त्रीले आग्रह गरे । ‘धुर्मुस सुन्तलीले रंगशाला बनाउँछन् । अरुले केही नगर्ने ? अरुले रंगशाला नबनाए पनि केही त गरौं । गरे किन हुँदैन ?’ ओलीलले भने, ‘एउटा रंगशालाले मात्र त पुग्दैन । त्यसैले सबै जुटौं । म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु कमसेकम सबैले धुर्मुस हुनुपर्यो, सुन्तली हुनुर्यो । हामी हरेकले गर्न सक्छौं ।’

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु