गृहपृष्ठ नेविसंघ : जनकपुरमा मसाल जुलुस, मन्थलीमा सिठ्ठी जुलुस
नेविसंघ : जनकपुरमा मसाल जुलुस, मन्थलीमा सिठ्ठी जुलुस
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरूद्ध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा बुधबार नेविसंघले जनकपुरमा मसाल जुलुससहित प्रदर्शन गर्यो ।
जनकपुरस्थित राराब क्याम्पस इकाइ कमिटीले पकाउ परेका नेविसंघका नेता तथा कार्यकर्तालाई रिहाइको माग गर्दै प्रदर्शन गरेको हो ।
इकाई कमिटी अध्यक्ष सुजित यादवको नेतृत्वमा उक्त प्रदर्शन भएको थियो । जनकपुरस्थित रेल्वे स्टेसनबाट निस्किएको मसाल जुलुस भानुचोक, शिवचोक हुँदै नगरका विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
यस्तै नेविसंघले रामेछापको मन्थलीमा बुधबार साँझ सिठ्ठी जुलुस निकालेको छ । मन्थली बजारमा सरकारविरोधी ब्यानर बोकेर नेविसंघका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए । उनीहरूले सरकारलाई दुई तिहाईको दम्भ त्याग्न चेतावनी दिएका छन् ।
प्रकाशित समय १९:४६ बजे

















