गृहपृष्ठ माधव नेपाल भन्छन्- आशलाग्दा युवा नेता गुमाउँदाको पीडा व्यक्त गर्न सक्दिँन
माधव नेपाल भन्छन्- आशलाग्दा युवा नेता गुमाउँदाको पीडा व्यक्त गर्न सक्दिँन
‘जिम्मेवार युवापुस्तालाई मुलुक र पार्टिको भविष्य निर्माणको जिम्मा सुम्पन चाहनेलाई मर्माहत बनाएको छ’
तस्बिर गुगल
सत्तरूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रअधिकारीसहित सबैमा श्रद्घाञ्जली व्यक्त गरेका छन् । बिहीबार एक विज्ञप्तीमार्फत नेता नेपालले दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित सबैमा श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
नेता नेपालले मुलुकले एउटा आशालाग्दो युवा नेता गुमाएको उल्लेख गर्दै उनको निधनको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन् । ‘देशले एउटा शाहसी, आशालाग्दो र परिणाममुखी काममा सदा सक्रिय रहने युवा राजनीतिकर्मीसहित समाजको विविध क्षेत्रका व्यक्तिहरू एकैपटक गुमाउनु पर्दाको पीडा शव्दमा व्यक्त गर्न सम्भव छैन,’ नेता नेपालले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, ‘संविधानसभा तथा संसदमा खेलनुभएको प्रभावकारि भूमिकाले नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बीचमा लोकप्रिय बनाउन कमरेड रविन्द्र अधिकारीले दिनुभएको योगदानलाई पुष्टि गर्दछन् ।’
उनले युवा पंक्तिलाई राजनीतिप्रति सकारात्मक बनाउन अधिकारीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । ‘युवा पुस्तालाई रानजनीतिप्रति सकारात्मक बनाउँदै उनीहरूलाई गोलबन्द गर्ने काममा अभिप्रेरित गर्ने उहाँको उर्जाबाट सिंगो पार्टी लाभान्वित छ,’ नेपालले भनेका छन् ।
उनले जिम्मेवार युवा नेतृत्व विकास गरी पार्टी र राष्ट्रको भविष्य निर्माणको जिम्मा सुम्पिन चाहने आफूजस्तालाई अधिकारीको निधनले मर्माहित बनाएको उल्लेख गरेका छन् । ‘यस दुर्घटनाले जिम्मेवार युवा नेतृत्व विकास गरी पार्टी र राष्ट्रको भविष्य निर्माण गर्ने जिम्म सुम्पिन चाहने मलाई अत्यन्तै मर्माहित बनाएको छ,’ उनले भनेका छन्, ‘शोकको यस घडीमा हामीसँग कमरेड रविन्द्र अधिकारीमा रहेको देश निर्रमाणको सोच एवम् अधुरा सपना पूरा गर्दै सुखी नेपाली र सम्वृद्ध नेपाल निर्माणको अभियानमा दृढताकासाथ लाग्ने संकल्प गर्नुबाहेक अर्को विकल्प छैन ।’

प्रकाशित समय १८:३७ बजे
















