गृहपृष्ठ करेन्ट लागेर  एकको मृत्यु

करेन्ट लागेर  एकको मृत्यु

current-newskarobar

करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् ।

आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । (रासस)

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु