गृहपृष्ठ मोरङबाट २६ हजयात्रीको विदाइ

मोरङबाट २६ हजयात्रीको विदाइ

haj-newskarobar

मोरङबाट यसबर्ष २६ जना हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन् । काठमाडौंबाट मक्का मदिनातर्फ उड्ने हजयात्रीलाई मंगलबार विराटनगरबाट विदाइ गरिएको छ ।

कौमी एकता समाज नेपालले सम्मान तथा विदाई कार्यक्रमको आयोजना गर्दै हजयात्रीलाई विदाई गरेको हो । प्रदेश सभा सदस्य जयराम यादव, कौमी एकता समाजका अध्यक्ष इर्साद अंसारी र उपाध्यक्ष मोहम्मद नसरुलले उनीहरुलाई फूलमालासहित शुभकामना प्रदान गर्दै विदाइ गरे ।

मोरङबाट १४ पुरुष र १२ जना महिलासहित २६ जना हजयात्री साउदी अरब जान काठमाडौं गएका छन् । साउन १७ गते हजयात्रीले त्यहाँबाट प्रस्थान गर्ने तालिका छ ।

हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समितिले पाविधिक संयोजन गरिरहेको छ । इस्लाम धर्मका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ ।

प्रत्येक मुसलमानको जीवनसँग हज धार्मिक एवम् ठूलो पुण्यप्राप्ति हुने, जीवनको सफलतासँग गाँसिएको हुन्छ । हजयात्रामा गएका तीर्थालुहरुले बकर इदको दुईदिन अगाडि साउदी अरबको मक्कादेखि पांच किलोमिटर पूर्वको मीना मैदानमा भेला भएर इद–अल–अधा पर्व मनाउँछन् भने बाँकी दुई दिन मक्काको भव्य मदिना मस्जिदमा नमाज एवम् प्रार्थना गरी हज मनाउँछन । हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ ।

 

यी हुन इस्लाम धर्मका पाँच आधार स्तम्भ
१. शहादा (अल्लाह बाहेक कसैलाई पुजा गर्नुहुँदैन र पैगम्मर मोहम्मद प्रतिमात्र विश्वास राख्नुपर्छ)
२. सलात अर्थात नमाज (दैनिक ५ पटक नमाज पढ्नैपर्छ)
३. सौम अर्थात रोजा (रमजानको महिनामा सूर्योदयपश्चात र सुर्यास्तअघि दिनभर निराहार ब्रत बस्नु)
४. जकात (सक्षमले गरिब तथा असाहयलाई दान गर्नु)
५. हज

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु