गृहपृष्ठ संसारमा कम कर र सस्तो बजार नेपाल नै हो : प्रधानमन्त्री

संसारमा कम कर र सस्तो बजार नेपाल नै हो : प्रधानमन्त्री

'बाटोमा खाल्डो परे अालोचना गर्छन्, पुर्याे टालटुले भन्छन्'

biratnagar-oli-newskarobar विराटनगर विमानस्थलमा प्रधानमनत्री केपी शर्मा अाेली । तस्बिर : न्युज काराेबार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषयमा अनावश्यक भ्रम पार्न खोजिएको बताएका छन । कुनकुन सरकारले के के काम गर्ने भन्ने विषय संविधानमा प्रष्ट रहेको र स्थानीय तहलाई पनि कर उठाउने अधिकार भएको उनले बताए ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा संघीय प्रणाली आफूहरुले लागू गरेको बताउँदै सानातिना कमी कमजोरीको विषयलाई लिएर उछाल्न नहुनेमा जोड दिए ।

संसारमा कम कर र सस्तो बजार नेपाल नै रहेको उनको दावी थियो । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले विदा दिएको विषयमा विवाद गर्नुपर्ने कारण नभएको पनि बताए ।

पत्रकारको जिज्ञाशामा उनले ‘प्रदेशले विदा दियो त भइगयो नि विवाद किन गर्नु ?’ भन्ने जवाफ दिएका छन् । सर्वोच्च अदालतमा दुई जना कायम मुकायम प्रधानन्यायाधिस भएको विषयमा आफूलाई थाहा नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले कसैको उलामालाको भरमा अहिलेको सरकार नचल्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भनेर आलोचना हुने गरेको बताए ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु