गृहपृष्ठ एसिड प्रहार गरेको अभियोगमा पक्राउ
एसिड प्रहार गरेको अभियोगमा पक्राउ
प्रहरीले एसिड प्रहार गरेको अभियोगमा वीरगंज महानगरपालिका–१० की मनिता सिंहलाई पक्राउ गरेको छ । सिंहलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा डेरा गरी बस्ने ४५ वर्षीय धिरज दारूका र सिंहबीच कोठा खाली गर्ने विषयलाई लिई झगडा हुँदा उनले दारूकालाई एसिड प्रहार गरेको प्रहरीको भनाई छ ।
दारुकालाई भने उपचारका लागि नारायणी उप क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:०२ बजे

















