गृहपृष्ठ जग्गा बाँझो राखेर समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री अर्याल

जग्गा बाँझो राखेर समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री अर्याल

padma aryal

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले जग्गा बाँझो राखेर देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताएकी छन् । बुधबार पोखरामा आयोजना भएको राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन सम्बन्धी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासको मूल आधार कृषि भएकोले खेती योग्य भूमि बाँझो राखेर आर्थिक विकास र समृद्धि असम्भव हुने बताएइन् ।

जग्गा बाँझो राख्नेलाई कर अशुलीसहित कार्बाही हुने उनले बताइन् । ‘हाम्रो मुलुकको आर्थिक विकासको आधार भनेकै कृषि हो, यसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै हाम्रा डाँडा काँडामा रहेका खाली जग्गालाई सम्भावनाको खोजी गरी फलफूल, तरकारी, लगायतका कृषिजन्य बस्तु उत्पादनमा जोड दिनुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘अन्यथा हाम्रो भूमि बाँझो राखेर देशमा आर्थिक समृद्धिको कुरा गर्नु उचित हुँदैन् ।’

सुकुम्बासी समस्या सधैँको लागि हटाउने गरी साँच्चैका सुकुम्बासीको पहिचान गरी एक पटक आवश्यक पर्ने जग्गा उनीहरुलाई प्रदान गरी आगामी दिनमा पुन जग्गा वितरण गर्ने परिपाटी सदाको लागि रोक्ने निती ल्याउने तयारी भएको मन्त्री अर्यालले बताईन् । प्लटिङ वा हाउजिङ पनि दिने तर एक पटक सुकुम्बासीको नामबाट राज्यसँग जग्गा लिएकालाई पुनः नदिने उनको भनाइ थियो ।

अंशबण्डा गर्दासमेत जमीनको खण्डीकरण नगर्न आग्रह गर्दै अर्यालले जमीनको चक्लाबन्दीदेखि भूमि बैंक समेत सञ्चालन सरकारको योजना भएको बताईन् । जग्गा धनिको स्वामित्व रहने गरी खेतियोग्य जमिनलाई कसैले भाडामा लियर कृषि खेती गर्न चाहेमा राज्यले जग्गाको व्यवस्था मिलाउने तयारी भएको उनले बताईन् । जमिनको हदबन्दीलाई समेत अब कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ थियो ।

सहकारीलाई प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेपछि हाल हस्तान्तरण गरिएको पोको फुकाउन समेत नसकेको उनले बताइन् । हस्तान्तरण गरिएको पोको हाल दराजमै फन्किएको सहकारीको मर्म र धर्म नबुझेका कारण सहकारीले सोचे अनुरुप काम गर्न नसकेको मन्त्री अर्यालको आरोप छ ।

सहकारीलाई सुशासन, पारदर्शी हुँदै उत्पादनमा जोड दिनुपर्ने बताएकी मन्त्री अर्यालले सहकारीलाई अब प्राविधिमैत्री बनाउनुपर्नेमा जोड दिइन् । जनताको सेवाको लागि सुधार अभियान ल्याउन लागेको उनले बताइन्। सहकारीलाई सही ढंगले पुजी परिचालन गरी श्रमिक बर्गसम्म यसको पहुच पुर्याउन सके आगामी २० वर्षमा विदेशीने नेपाली युवालाई स्वदेशमै रोक्दै विदेशबाट नेपाल आउने वातावरण हुने बताइन् ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु