गृहपृष्ठ चार वर्षीय नाबालक छोराको हत्या

चार वर्षीय नाबालक छोराको हत्या

हत्यापछि अात्महत्या

कैलालीको बर्दगोरीया गाउँपालिका–२ स्थित कुम्भिया गाउँमा एक महिलाले नाबालक छोराको हत्या गरेकी छन् ।

आफ्ना छोराको हत्यापछि उनले आफैँ आत्महत्या गरेकी छन् । ईलाका प्रहरी कार्यालय बौनियाका अनुसार २१ वर्षीया सीतादेवी डगौराले आफ्ना साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन् ।

आफ्नै घरमा बसिरहेको अवस्थामा सोमबार अपरान्ह्र चार बजेतिर घरको कोठाभित्र पहिला आफ्ना छोरालाई पासो लगाएकी थिईन् । छोरालाई झुन्ड्याएको केहि बेरमै उनी पनि झुण्डिएको प्रहरीले जनाएको छ । श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा फेला पारेको बताएका छन् ।

दिउँसो पानी परिरहेको अवस्थामा आफू गोठमा राँगालाई घाँस हाल्न गएको समयमा यस्तो घटना घटेको लालबहादुरले बताएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु