गृहपृष्ठ उत्पादन लागत घटाउन ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

उत्पादन लागत घटाउन ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्युजल वितरण गरेका हुन् ।

उक्त अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरुलाई कृषि पेसामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए । ‘यहाँको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ,’  उनले भने । जगाको चक्लाबन्दी गरी सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै प्रमुख कार्कीले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत अनुरोध गरे । कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको कृषि सेवा केन्द्र सैनामैनाका अधिकृत साधुशरण यादवले बताए ।

वडा नं ७ का चन्द्रबहादुर राना र टेकबहादुर अर्याल, वडा नं ५ का रामप्रसाद चौधरी, वडा नं ८ का रामप्रसाद पाण्डे, वडा नं १ का मंकगरे यादव र देउराली किसान समूहले ती उपकरण अनुदानमा पाएका हुन् । अनुदान उपकरण पाएपछि खुसी व्यक्त गर्दै सैनामैना– ७ का चन्द्रबहादुर रानाले धान, गहुँ र तरकारी खेती गर्न उपकरणको उपयोग हुने बताए । (रासस)

प्रकाशित समय १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु