गृहपृष्ठ बैतडीमा जीप दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका– ८, खोड्पेको बन्तड भीरमा भे१ज ५२२४ नम्बरको जीप बुधबार बिहान दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जीप भीरबाट झन्डै अढाइ सय मिटर तल खसेको बताइएको छ । घाइते दार्चुला महाकाली नगरपालिका– ९, दत्तुका हिक्मत सामन्त र अर्का परिचय खुल्न नसकेका व्यक्तिलाई उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएको छ ।

प्रकाशित समय ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु