गृहपृष्ठ झापामा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

झापामा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

nkarobar-newskarobar

झापामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झापाको दमक नगरपालिका–१ दुर्गा मन्दिरपछाडि ग्याङ फाइट हुँदा १८ वर्षीय बिक्रम लिम्बूको मृत्यु भएको हो ।

पुरानो रिसइबीका कारण दुई समूहबीच छुरा हानाहान हँुदा छुरा प्रहारबाट गम्भीर घाइते भएका लम्बूको उपचारका क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु