गृहपृष्ठ यस्तो छ आजको मौसमको पूर्वानुमान
यस्तो छ आजको मौसमको पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
अहिले देशभरको मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, दिउँसो लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।
प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा भने छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राति लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै, राति देशका बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।
प्रकाशित समय ०९:०३ बजे

















