गृहपृष्ठ म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागको ११ बुँदे निर्देशन
म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागको ११ बुँदे निर्देशन
वैदिशिक रोजगार विभागले वैदेशिक रोजगारीमा समस्या आएको भन्दै म्यानपावर व्यवसायीलाई ११ बुँदे निर्देन जारी गरेको छ । रोजगारीका लागि विदेश जानेहरुले म्यानपावरका कारण अनावश्यक दुःख पाएको र म्यानपावर व्यवसायीकै संग्लनतामा ठगिएको भन्दै धेरै उजुरी आएकाल निर्देशन जारी गरिएको विभागले जनाएको छ ।
यसअघि पनि ठगी सम्बन्धमा परेको उजुरीमा दुवै पक्ष पिडक र पीडितको उपस्थितिमा विभागले छलफल र संवाद गरी समस्या समाधन गर्दै आएको थियो । तर, यसले सही परिणाम दिन नसकेकाले निर्देशन गरिएको विभागले जनाएको छ ।
म्यानपावर व्यवसायीले कामदारलाई विदेश पठाइदिन्छु भनी रकम र राहदानी लिने, एउटा काममा भनेर अर्कै काममा पठाउने, बढी तलबको लोभ देखाई कम तलबमा काम गर्न बाध्य गराउने, सरकारले तोकेको रकम भर्पाइ गराई अवाञ्छित रुपमा थप रकम लिने, कामको विज्ञताविना पठाउने, सम्झौता पत्र समयमै उपलब्ध नगराउने जस्ता कार्य म्यानपावरले गर्ने विभागले जारी गरेको निर्देशन पत्रमा उल्लेख छ ।
यस्ता समस्याको निराकरण गरी वैदेशिक रोजगारीको वातावरणलाई सुरक्षित र मर्यादित बनाउन, वैदेशिक रोजगारसँग सम्बन्धित कम्पनीका अवञ्छित कार्यहरुलाई कडाइका साथ अनुगमन गरी कानुनी दायरामा ल्याउन आवश्यक भएकाले निर्देशन जारी गरिएको विभागको भनाइ छ ।
विभागले जारी गरेको निर्देशनअनुसार अब म्यानपावर व्यवसायीले हरेक कामदारको रेकर्ड कम्पनीमा राखी एक कपी विभागलाई उपलब्ध गराउनुपर्नेछ । कामदारलाई विदेश पठाउँदा र विदेशमा काम गर्दाका बखतमा के-के काम कति समयमा कसरी गर्ने भन्ने कुराको पनि प्रष्टसँग रेकर्ड विभागलाई बुझाउनु र्नेछ ।
म्यानपावर कम्पनीमा अनधिकृत व्यक्ति राख्ने र कामदारको पासपोर्ट जफत गरी अनावश्यक दुःख दिने भएकाले व्यवसायीले कार्यालयमा रहँदा आफ्नो कार्यालयको पोसाकमा कार्ड लगाएर कर्मचारी राख्ने व्यवस्था गर्न पनि भनेको छ । साथै, सबै कार्मचारीको बायोडाटा पनि विभागलाई बुझाउनुपर्ने भएको छ ।
व्यवसायीले आफ्नो व्यवसायी प्रवर्धनका लागि आवश्यक भौतिक पूर्वाधारहरुको व्यवस्था, आगन्तुक कक्ष, पिउने पानी, ट्वाइलेट जस्ता कुराको राम्रो प्रबन्ध गर्न भनेको छ । व्यवसायीले कामदारको अभिलेख खोजेको समयमा सजिलै उपलब्ध हुने गरी राख्न तथा भिजिटिङ कार्ड बनाउँदा कम्पनीको इजाजत प्रमाणपत्र नम्बर, सञ्चालकको नाम, कम्पनीको नाम सम्पर्क नम्बर (टेलफिोन तथा मोवाइल) मेल ठेगाना, सबै उल्लेख गर्नुपर्नेछ । र, यसको पूरा विवरण विभागलाई दिनुपर्नेछ ।
म्यानपावरको वेबसाइट अनिवार्य हुनुपर्नेछ, वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम, निर्देशिका, परिपत्रहरुको संग्रह कार्यालयमा राख्नुपर्नेछ । कार्यालयमा सूचनापाटी, उजुरी पेटिका र नागरिक बडापत्र सबैले देख्ने ठाँउमा राख्न विभागले म्यानपावर व्यवसायीलाई निर्देशन गरेको छ ।
प्रकाशित समय १६:२८ बजे