गृहपृष्ठ रिक्त तीन मुलुकमा राजदूत सिफारिस, भारतका लागि आचार्य
रिक्त तीन मुलुकमा राजदूत सिफारिस, भारतका लागि आचार्य
सरकारले भारतका लागि नेपाली राजदूतमा पूर्व कानुनमन्त्री निलम्बर आचार्यलाई सिफारिस गरेको छ ।
आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा आचार्यलाई सिफारिस गरेको हो । सरकारले लामो समयदेखि रिक्त रहेका तीन देशमा राजदूत सिफारिस गरेको छ ।
मलेसियास्थित नेपाली राजदूतमा उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि कृष्ण ढकाल सिफारिस भएका छन् । पाण्डे पूर्वराजदूत हुन् भने ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । सत्तारुढ दल नेकपाभित्र विवाद भएपछि भारतका लागि नेपाली राजदूतमा पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्र्रेतीको नाम फिर्ता लिइएको छ ।
यसैबीच, सरकारले मन्त्रिपरिषद्का निर्णयहरु भने गोप्य राखेको छ । राजदूत सिफारिससँगै अन्य महत्वपूर्ण विषयमा निर्णय भएपनि बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा भने समय आएपछि सार्वजनिक गर्ने भन्दै तर्किए ।
मन्त्रिपरिषद्का मुख्य निर्णय प्रायः बैठकपछि जानकारी दिइने गरिएकोमा आइतबार भने विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्ध भन्दै गर्ने भन्दै सरकारका प्रवक्ता निस्किएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि कात्तिक ११ गतेयता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।
प्रकाशित समय ०७:५५ बजे

















