गृहपृष्ठ रामबहादुर बम्जनको आश्रमबाट दुईजना पक्राउ

रामबहादुर बम्जनको आश्रमबाट दुईजना पक्राउ

आफूलाई लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीमा रहेको प्रहरी टोलीले अनुसन्धानका लागि पैरेस्थित बम्जन आश्रमबाट महात्मा गुरु भनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङतानलाई नियन्त्रणमा लिएको हो ।

बोधी श्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार ‘केही सोधपुछ गर्नुछ’ भन्दै प्रहरीले उनीहरुलाई लागेको हो । उनीहरुलाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको भए पनि विस्तृत विवरण प्रहरीले खुलाइएको छैन ।

प्रकाशित समय १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु