गृहपृष्ठ उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गरेकी छन् ।
बहादुरभवनको कार्यालयमा भएको भेटमा उपराष्ट्रपति पुनले नेपाल–चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताएका थिए । नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास पुनले व्यक्त गरे । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उपराष्ट्रपति पुनले बताएका थिए ।
चिनीयाँ राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको बताइन् । उनले आफू नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको पाएको बताएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित समय ०८:०९ बजे