गृहपृष्ठ मन्त्रीले सचिव कुटेको घटनालाई लिएर कर्मचारी आन्दोलित

मन्त्रीले सचिव कुटेको घटनालाई लिएर कर्मचारी आन्दोलित

दोषीलाई कारबाही गर्न २४ घण्टे अल्टिमेटम

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झालाई हातपात गरेको विरोधमा कर्मचारीहरु आन्दोलित बनेका छन् । कर्मचारी संगठनहरुले घटनाबारे न्यायोचित छानबिन गरी कारबाहीको मागसहित मुख्य मन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले आफ्ना माग सम्बोधनका लागि २४ घण्टे अल्टिमेटमसमेत दिएका छन् ।

सचिवमाथि हातपात भएको विरोधमा उनीहरुले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरे । उनीहरुको आन्दोलनका कारण प्रदेश सरकारको काम प्रभावित बनेको छ । घटनाको तत्काल छानबिन हुनुपर्ने र दोषी देखिएकालाई कारबाही हुनुपर्ने आफूहरुको मुख्य माग गरेको वन मन्त्रालयका शाखा अधिकृत बेचन महतोले बताए । ‘होइन भने हामी अझ कडा आन्दोलनमा उत्रिन बाध्य हुने छौं,’ उनले न्युज कारोबारसँग भने ।

आफूले सिफारिस गरेको एनजिओलाई ‘सर्टलिस्ट’मा नराखेको भन्दै मन्त्री यादवले सचिव यादवलाई आफ्नै कार्यकक्षमा बोलाएर झापड हानेको आरोप छ । मन्त्रीले यादवले भने यो आरोप अस्वीकार गर्दै आएका छन् । उनका अनुसार विवाद भए पनि सामान्य भनाभन मात्रै भएको थियो ।
यता, सचिव झाले भने आफ्ना गालामा मन्त्री यादवले झापड हानेको बताएका छन् । ‘उहाँले सिफारिस गरेको एनजिओलाई किन सर्टलिस्ट नगरेको ? भन्दै मलाई गालामा झापड हान्नुभएको हो,’ सचिव झाले भने, त्यसपछि लात्तीले पिठ्यु र ढाँडमा समेत हिर्काउनुभयो ।’ उनीमाथि हातपात हुँदा मन्त्री यादवको कार्यकक्षमा प्रदेश २ का सभामुख सरोज यादव पनि उपस्थित थिए ।
सचिव झा आइतबार रातिदेखि जनकपुरको केयर मेडिकल अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु