गृहपृष्ठ माघे संक्रान्ति : यस वर्ष नुवाकोटमा ५३ हल गोरू जुधाइने
माघे संक्रान्ति : यस वर्ष नुवाकोटमा ५३ हल गोरू जुधाइने

नुवाकोटको तारूका माघे संक्रान्तिमा विशेष चर्चामा रहन्छ । त्यसको मुख्य कारणा हो त्यहाँ मनाइँदै आएको परम्परा । हो माघे संक्रान्तिका अवसरमा नुवाकोटको तारूकामा गोरू जुधाउने परम्परा छ ।
यस वर्ष पनि माघे संक्रान्तिसँगै धेरैको चासो यस वर्ष पनि नुवाकोटको तारूकामा गएको छ । त्रिवेणी धाम, घिउ चाकु, तरूलसँगै अर्को परम्परा बनेको गोरू जुधाउने कार्य बनेको छ ।
यस वर्ष नुवाकोटको तारूकामा यस वर्ष ५३ हल गोरू जुधाइने भएको छ । जानकारहरू भन्छन् यो परम्परा नुवाकोटमा धेरै पहिलेदेखि चल्दै आएको थियो । पछि वि.सं. २०६२ सालबाट गाउँभरीकै केन्द्रका रूपमा तारूकामा गोरू जुधाउने प्रचलन सुरू भयो । तर, गोरू जुधाइने कारण तारूकामा दर्शक आउन थालेपछि अन्य क्षेत्रमा पनि गोरू जुधाउने चलन सुरू गरे ।
नुवाकोटमा जुधाइने लगिएका ५३ हल गोरूमध्ये तारकेश्वर-३ तारूकामा २३ हल, बेत्रावतीमा ८ हल, घल भञ्ज्याङमा ८ हल, कट्टीछापमा ७ हल, शेरा बगरमा ७ हल गोरू जुधाइने भएको छ ।
प्रकाशित समय १२:३६ बजे