गृहपृष्ठ अनाथालयलाई किवानिजको सहयोग

अनाथालयलाई किवानिजको सहयोग

kiwanis international

किवानिज इन्टरनेसनलको ताइपेई सिटी क्लबले काठमाडौंस्थित काँडाघारीमा रहेको फ्युचर होप नेपाल बाल आश्रमलाई सहयोग गरेको छ । किवानिजले उक्त आश्रमलाई खाट, हिटर, खेलौना, राइसकुकर, जुस मेकरलगायतका सामग्री वितरण गरेको हो ।

ताइपेईस्थित किवानिजको सिटी डिभिजनकी प्रमुख कोकोलीको नेतृत्वमा आएको टोलीले करिब २ लाख रूपैयाँ बराबरको सहयोग सामग्री उपलब्ध गराएको हो ।

नेपाली बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी महसुस गरेको क्लबका सदस्यहरूले बताएका छन् । किवानिज विश्वका ८० भन्दा बढी मुलुकमा कार्यरत छ । कोकोलीले पहिलो प्राथमिकता बालबालिकालाई राख्ने अभियानस्वरूप नेपालमा सहयोग गरेको बताइन् ।

किवानिजका नेपाल डिस्ट्रिकका अध्यक्ष सुजन कुमार श्रेष्ठले अब निरन्तर रूपमा नेपाली बालबालिकालाई सहयोग गर्ने प्रतिबद्दता जनाए । ‘लभ अराउन्ड द वर्ल्ड’ नाराका साथ यो भ्रमणमा ताइपेईका १३ किवानिज क्लब सदस्य छन् ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु