गृहपृष्ठ डा. केसीका माग पूरा भइसके : परराष्ट्रमन्त्री

डा. केसीका माग पूरा भइसके : परराष्ट्रमन्त्री

स्वास्थ्य क्षेत्रमा गर्न खोजिएको सुधारमा सघाउन आग्रह

pradip_gyanwali_newskarobar

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनसनरत डा. गोविन्द केसीका माग पूरा भइसकेको बताएका छन् । मन्त्री ज्ञवालीले चिकित्सा शिक्षा विधेयकमार्फत डा. केसीका माग पूरा भएको बताएका हुन् ।

माग पूरा भइसकेकाले अनसन तोड्न डा. केसीलाई ज्ञवालीले आग्रह पनि गरे । विधेयकमार्फत स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आउने दावी गर्दै उनले सरकारले स्वास्थ्य क्षेत्रमा गर्न खोजेको सुधारमा सघाउन आग्रह गरे ।

‘अनसन बसेर मुलुकलाई पछाडी धकेल्नुको सट्टा अनसन तोडेर सरकारलाई स्वास्थ्य क्षेत्रको बेथिति हटाउन सहयोग गर्नुस्,’ ज्ञवालीले भने ।

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु