गृहपृष्ठ नेपाल विद्युत प्राधिकरणका नासु घुससहित पक्राउ
नेपाल विद्युत प्राधिकरणका नासु घुससहित पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरणका नायव सुब्बा महेन्द्र प्रधानलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग घुसबापत रकम लिइसकेको अवस्थामा प्रधानलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
नासु प्रधानले मिटरको क्षमता वृद्धि गरिदिन सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पछ्याएको थियो । सोही प्रकरणमा उनी सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियारले जनाएको छ ।
पुरानो बानेश्वरस्थित प्राधिकरणको वितरण केन्द्रको नयाँ ग्राहक शाखामा कार्यरत उनलाई अख्तियारको टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित समय १७:१८ बजे

















