गृहपृष्ठ काठाडौंका नगरपालिकालाई काठमाडौं महानगरको १/१ करोड
काठाडौंका नगरपालिकालाई काठमाडौं महानगरको १/१ करोड
काठमाडौं महानगरपालिकाले काठमाडौंका ९ नगरपालिकालाई १/१ करोड रूपैयाँ सहयोग गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महानगरले ति नगरपालिकालाई उक्त सहयोग गरेको छ ।
महानगरले काठमाडौंका कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई प्रतिनगरपालिका १ करोड रूपैया प्रदान गरेको हो । महानगरले प्रदान गरेको सहयोग रकम नगरपालिकाले हरियाली प्रवर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणमा खर्च गर्नुपर्ने छ ।
प्रकाशित समय १९:१६ बजे

















