गृहपृष्ठ पोखरा बहुमुखी क्याम्पसमा २ लाखको अक्षयकोष स्थापना
पोखरा बहुमुखी क्याम्पसमा २ लाखको अक्षयकोष स्थापना
गण्डकी प्रदेश सांसद मीना गुरुङले पोखरा बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।
वसन्तपञ्चमी एवं श्रीपञ्चमीका अवसरमा आइतबार क्याम्पसको विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको कार्यक्रममा सांसद गुरुङले सो रकम क्याम्पस प्रमुख शिशुकला पराजुलीलाई हस्तान्तरण गरिन् । अक्षयकोष रकमबाट वार्षिकरुपमा गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् ।
सोही क्याम्पसमा स्तातक अध्ययनरत् गुरुङले आफूले पढेको क्याम्पसमा सरस्वती पूजाकै दिन यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आँखाले देखेसम्म र मस्तिष्कले काम गरेसम्म पढाइ नछाड्ने र समाजमा अरुको लागि समेत पढाइको महत्व बुझाउँदै उदाहरणीय बन्ने बताइन् ।
प्रकाशित समय ०९:०९ बजे

















