गृहपृष्ठ यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद
यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद
जिल्ला अदालत पर्वतले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पाँच वर्षको जेल सजाय तोकेको छ ।
पर्वतको फलेवास नगरपालिका-६ देविस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई जिल्ला अदालत पर्वतले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा न्यायाधीश सूर्यबहादुर थापाको इजलासले पाँच वर्षको जेल सजाय तोकेको हो ।
प्रधानाध्यापक पौडेलमाथि सात वर्षका २, १० वर्षका एक र १२ वर्षीय एक गरी चार बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले प्रधानाध्यापक पौडेललाई गत साउनमा यौन हिंसा गरेको आरोपमा पक्राउ गरेको थियो ।
प्रकाशित समय १३:५९ बजे

















