गृहपृष्ठ पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौंमा

पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौंमा

rabindra-newskarobar

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव बोकेर हेलिकप्टर ताप्लेजुङबाट काठमाडौं ल्याइएको छ ।

हेलिकोप्टर त्रिभुवन विमानस्थलमा दिउँसो १ बजेर १५ मिनेटमा उत्रिएको विमानस्थल कार्यालका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

बुधबार दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु