गृहपृष्ठ सरकारले फेसबुक र ट्विटर बन्द गर्न लागेको हो ?

सरकारले फेसबुक र ट्विटर बन्द गर्न लागेको हो ?

social_site

शनिबार बिहानैबाट सामाजिक सञ्जालमा एउटा सूचना भाइरल भएको छ । फेसबुक टुईटरका वाल र म्यासेन्जरमा फेसबुक र ट्विटर बन्द हुने सम्बन्धी सरकारी ‘सूचना’ भाइरल भएको देखिन्छ । के साँच्चै नेपालमा फेसबुक र ट्विटर बन्द हुन लागेको हो त ?

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नामबाट जारी भएको देखाइएको सूचनामा लेखिएको छ, ‘राति १२ बजे बन्द गर्ने भनिएको फेसबुक ट्विटरजस्ता सामाजिक सञ्जाल केही प्राविधिक गडबडीले गर्दा हामी सफल हुन सकेनौ । आज दिउँसो १२ बजेबाट पूर्णरुपमा बन्द गरिने जानकारी गराउँदछौं ।’

सामाजिक सञ्जालका प्रयोगकर्ताबीच भाइरल भइरहेको यो सूचनाबारे अन्योलता समेत फैलिएको छ । नेपालका सरकारकै लोगो प्रयोग गरी आएको सूचना नपत्याउन पनि धेरैले सेकका छैनन् । फेसबुकलगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नुपर्ने ऐन ल्याउन लागेको सरकारले अहिले हतारै फेसबुक टुर्यटर बन्द गराईहाल्छ भनेर पनि धेरैले पत्याउन सकेका छैनन् ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने सम्बन्धी विधेयकमाथि संसदमा छलफल हुने क्रममा समेत सामाजिक सञ्जाल बन्द हुने सम्बन्धी हल्ला फैलिएका थिए । सामाजिक सञ्जालमा मात्र नभई कतिपय  अनलाई न्यूज पोर्टलहरुले समेत फेसबुक टुईटर बन्द गरिने शिर्षकमा समाचार लेखेका थिए । तर सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै नीति नभएको स्पष्ट पारिसकेको थियो । फेरी शनिबार अचानक सरकारी सूचनाको ढाँचामा भाइरल भइरहेको सूचना आएपछि साममाजिक सञ्जाल प्रयोगकर्ता झुक्किएका हुन् ।

जसको नाममा सूचना जारी भएको छ उही अर्थात सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सो सूचना सही नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारी भन्छन्, ‘सामाजिक सञ्जाल बन्द गर्ने सम्बन्धमा मन्त्रालयबाट कुनै सूचना जारी भएको छैन । तसर्थ सामाजिक सञ्जालमा फैलिइरहेको सूचना नक्कली र भ्रामक रहेको स्पष्ट भएको छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार फेसबुक ट्वीटर बन्द हुने सू्चन अफबाह मात्र हो । यसरी सामाजिक सञ्जालमा गलत भ्रामक सूचना प्रवाह गर्नु गैर कानुनी मानिन्छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्,  नक्कली सूचना बनाएर  सामाजिक सञ्जाल प्रयोगकर्तालाई आतकित बनाउनेको पहिचान गर्ने प्रयासमा छौं, जनस्तरमा भ्रमण सिर्जना गर्न गरिएका यस्ता अपराधहरु निरुत्साहित गर्नेछौं ।’

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु