गृहपृष्ठ नाइजेरिया अफ्रिका कप अफ नेशन्समा तेस्रो

नाइजेरिया अफ्रिका कप अफ नेशन्समा तेस्रो

नाइजेरिया अफ्रिका कप अफ नेशन्समा तेस्रो भएको छ ।

ट्युनिसियालाई १–० ले हराउँदै नाइजेरिया तेस्रो भएको हो । नाइजेरियाको जितमा ओडिओन इघालोले निर्णायक गोल गरे । उनले तेस्रो मिनेटमै गोल गरेका थिए । ट्युनिसियाविरुद्धको गोलसँगै प्रतियोगितामा इघालोले पाँच गोल पुर्याएका छन् । अहिलेसम्म तेस्रो स्थानका लागि खेलेको खेल नाइजेरियाले हार ब्यहोरेको छैन । नाइजेरिया आठौं पटक तेस्रो भएको छ ।

उपाधिका लागि शुक्रबार सेनेगल र अल्जेरिया भिड्नेछन् ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु