गृहपृष्ठ च्याम्पियन्स लिग : युभेन्ट्सको जितमा रोनाल्डोको कीर्तिमानी गोल

च्याम्पियन्स लिग : युभेन्ट्सको जितमा रोनाल्डोको कीर्तिमानी गोल

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले डायनामो किभलाई पराजित गरेको छ  । बुधबार भएको समूह जीको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३-० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा रोनाल्डोले करियरको ७ सय ५० गोल पुरा गरे । रोनाल्डोको गोलसँगै युभेन्ट्सले सहज जित निकाल्न सफल रह्यो । युभेन्ट्स यसअघिनै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

खेलमा अग्रता युभेन्ट्सले चिसाको गोलबाट २१औं मिनेटमा लिएको थियो । अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । मोराटाले ६६औं मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।

किभको समूह चरणमा मात्र एक अंक रह्यो । शीर्ष क्लब बार्सिलोनाको १५ अंक छ । युभेन्ट्स १२ अंक सहित दोस्रो स्थानमा छ । समूहको चरणको अन्तिम खेलमा अर्को हप्ता बार्सिलोना र युभेन्ट्स भिड्नेछन् । सोही नतिजाले समूह चरणको विजेता टोलीको टुंगो लगाउनेछ ।

प्रकाशित समय ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु