गृहपृष्ठ महिला टी-२० क्रिकेट : नेपाल सेमिफाइनलमा
महिला टी-२० क्रिकेट : नेपाल सेमिफाइनलमा

थाइल्याण्डमा जारी महिला टी-२० क्रिकेट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकालेपपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ । यो सँगै अन्तिम चारमा नेपाल सुरक्षित भएको छ । सोमबार तेस्रो खेल खेलेको नेपालले युएईले दिएको १ सय ६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
पहिलो विकेटका लागी ओपनरद्वय काजल श्रेष्ठ र सीता रानामगरले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । त्यस्तै डोली थापा ७, इन्दु बर्माले १३ रन जोडेका थिए भने कप्तान रूबिना क्षेत्री नटआउट १० रनको योगदानमा रहँदा नेरी थापाले नट आउट ६ रन जोडिन् ।
टस जितेर नेपाललाई फिल्डिङको निम्ता दिएको युएइले २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ५ रन जोडेको थियो ।
प्रकाशित समय १६:०४ बजे