गृहपृष्ठ महिला टी–२० : नेपालको दोस्रो जित, युएई ७ विकेटले पराजित
महिला टी–२० : नेपालको दोस्रो जित, युएई ७ विकेटले पराजित
थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो । युएईले दिएको ४२ रनको झिनो लक्ष्यले नेपालले १०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७.३ ओभरमा ४१ रनमै अलआउट भएको थियो । हारपछि पनि युएई पहिलो स्थानमै छ । नेपाल भने तेस्रो स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो ।
दोस्रो खेलमो नेपाललाई आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको थियो। अब नेपालले फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन्। छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
प्रकाशित समय ११:०८ बजे

















