गृहपृष्ठ अर्थमन्त्रीको अभिव्यक्ती सरकारको हो भने पुँजी बजार बन्द गरे हुन्छ: उत्तम अर्याल
अर्थमन्त्रीको अभिव्यक्ती सरकारको हो भने पुँजी बजार बन्द गरे हुन्छ: उत्तम अर्याल

राजनीतिक स्थिरतासँगै पुँजी बजार परिसूचकमा पनि सकरातम्क प्रभाव पर्ने अपेक्षा विपरित वाम गठबन्धनले बहुमत ल्याएदेखि निकै अस्थिर देखिएको छ । पछिल्लो समय भने अर्थमन्त्री डा।युवराज खतिवडाको अभिव्यक्तिको सिकार जस्तै बन्दै गएको छ । शेयर बजारमा प्रत्येक दिन तल्लो बिन्दुमा पुग्ने त्रास देखिएको छ । शेयर बजारमा ह्रास आउनुको कारण केहो ? कहिले आउला सुधार यही चासोको विषयमा हामी प्रस्तुत गर्छौँ शेयर लगानी कर्ता संघका अध्यक्ष उत्तम अर्यालसँग हामीले कुराकानी गरेका छौँ ।
आएकोवाम गठबन्धनको नेतृत्वमा बहुमत ल्याएपछि राजनीतिक स्थिरता भयो अब बजारमा लगानीको वातवरण भयो भन्नेमा हाम्रो उत्साहा थियो नै । वाम गठबन्धनले बनाएको घोषणा पत्र र अन्य कार्यक्रममा पनि आर्थिक एजेण्डा प्रमुखता साथ राखिएको थियो । तर, त्यस्तो भएन हाम्रो अपेक्षा विपरित ह्रास आएको छ ।किन आयो नवनियुक्त अर्थमन्त्रीले पुँजी बजारको विषयमा जहा पनि अनावश्यक रुपमा निरुत्साहित हुने वयक्तव्य तथा विचारहरु व्यक्त गर्दै आउनु भएको छ । यसले लगानीकर्ताहरुलाई स्वभाविक निरुत्साहित बनाएको छ ।
पुँजी व्यवस्थापन गर्ने अर्थमन्त्रीको पुँजी बजारको विषयमा धारणा के हो ? उहाँले अनुत्पादक भनेको व्यक्तिगत हो वा नेपाल सरकारको हो अहिलेको धारणा हो त्यो बुझ्न आवश्यक छ । सरकारको धारणा माग गरेका छौँ । तर अर्थमन्त्री बोलेको कुरा गलत हो भन्नु भयो तर आधार के ?
यो पुँजी बजार अनुत्पादक हैन भन्ने प्रशस्तै आधार छन् । बैंक तथा वित्तीय संस्था जसले उत्पादनशील क्षेत्रमा लगानी गर्छ, लगानी गर्न पुँजी जुटाउछ, भएको पैसालाई बचत गराएर डिपोजिट गरेर त्यो पैसा उत्पादनशिल क्षत्रमा जान्छ ।
सरकारकै भाषामा उत्पादनशील क्षेत्रमा तुलना गरिएका जलविद्युत कृषि विभिन्न क्षेत्रमा लगानी गर्न स्रोत जुटाउने पुँजी संस्था बैंक तथा वित्तीय संस्था त्यो खोल्नको लागि लगानी गर्ने लगानी कर्ता इन्भेष्टरको शेयर भने अनुत्पादक क्षेत्र भन्ने यो कस्तो हास्यसपद कुरा हो । शेयर सम्वन्धी कारोबार गर्ने म्युच्युएल फण्डदेखि लिएर विभिन्न संघ संगठन ब्रोकर एजेन्सीहरु यीनीहरुबाट देशका रोजगारीले कति रोजगारी पाएका छन् ।
यसले प्रष्ट पार्छ हैनर ? यस अघि डा.बाबुराम भट्टराइले पनि जुवाँ घरको संज्ञा दिनु भएको थियो । अहिलेका अर्थमन्त्रीको अभिव्यकतिले पनि बजारमा प्रभाव पारेको छ । बुझेको मान्छेको यस्तो तर्कलाइ कसरी बुझ्ने ?
बाबुराम भट्टराई इन्जिनीयर लाइनको मान्छे हुनुहुन्थ्यो उहाँको यो क्षेत्रमा दख्खल थिएन । भन्नु भयो होला भन्ने सोच्न सकिन्थ्यो । हालको अर्थमन्त्री यस विषयमा ज्ञाता र सबैले हाइहाइ गरेका व्यक्ति अर्थमन्त्री नियक्त हुनुभएकोले उहाँले यस्ता कुराहरु किन गर्नु भयो ? जिम्मेवार निकायका पदाधिकारीहरु कुनै पनि क्षेत्रमा आफ्नो अभिव्यक्ति दिदा त्यस क्षेत्रलाई कस्तो असर गरछ के गर्छ त्यसका सकरात्मक नकरात्मक कुराहरु के हुनसक्छन् भन्ने विषयमा आंकलन नै नगरी त्यस्ता जिम्मेवार व्यक्तिले किन यस्ता कुरा गर्नु हुन्छ । उहाँलाई पुजीँ बजार प्रति त्यत्रो धारणा छ राष्ट्रको धारणा नै त्यस्तै हो भने नीतिगत निर्णय तथा सुधार गर्न सकिन्छ । नीति निर्माणबाट कन्ट्रोल गर्न सकिन्छ । जथाभावि अभिव्यक्ति दिनुहँदैन ।
यदी सरकारको पनि यस्तै धारणा आयो भने नि ?
आयो भने पुँजी बजार बन्द गर्नु पर्यो । हामी लगानी कर्ता वा सर्वसाधरणले पुँजी बजार खोलेको हो र ? नयाँ संविधानमा हामीलाई के पनि स्पष्ट उल्लेख भएको छ भने जनताको सम्पत्तीको लागि राज्यले आफ्नो सुरक्षामा गर्ने छ । आज लगानी गरेको शेयरमा सरकाले खोजेको स्टक एक्स्चेन्ज हो तपाई हामीले खोलेको होइन । मैले लगानी गर्न जान्छु र मेरो लगानी सुरक्षित हुँदैन भने मेरो अधिकार हन भभयो कि भएन यो कुरा पनि सरकारले पष्ट भएन ।
शेयर बजारमा रातारात कमाइ हुन्छ भनिन्छ यस्तो किनहुन्छ दुखै नगरी कमाइ भयो भने के अर्थ राख्ने ?
नाफा घाटाको विषय बहसको कुरा हो । राज्यको लागि लगानी आउन अत्यन्त जरुरी छ तर रातारात धनी भइन्छ भन्ने कुरा भने होइन ।
शेयर बजारलाई कसरी बुझ्ने ?
राज्यसँग लगानी गर्ने पैसा पनि छैन । सबै मिलेर तीन खण्डे अर्थनीतिको अनुयायी । विश्व अर्थतन्त्रमा पूँजी बजार देशको अर्थतन्त्रको ऐना मेरुदण्ड भन्छन् । विश्व अर्थतन्त्रको मान्यत त्यस्तै छ, हाम्रो देशमा त्यसको परिभाषा अर्कै लगाउने हो भने हाम्रो भन्नु केही भएन । हैन भने रियल सकेक्टरलाई पुँजी बजामा ल्याउने सिमेन्ट उद्योग, चाउचाउँ उद्योग, दुरसञ्चार निजी क्षेत्रदेखि सबैको सहभागित भएर उगो लगाउनु पर्यो ।
पुजीँ बजार भनेको राज्य कंगाल भयो भने पनि देश विकास गर्नको लागि सर्वसाधरण जनताको एक रुपैयाँको पूजी संकलन गरेर लगानी गर्न सकिन्छ । उदाहरणको रुपमा माथिल्लो तामाकोशी चिलिमे, बुढीगण्डकी बनाउने भनेर लागेका छौँ यी रु पुँजी संकलन सरकारले मात्रै गर्न सक्दैन । जनताको सहभागिताबाट देश निर्माण हुनसक्ने हो । अब यो क्षेत्रमा पुजी बढाउनेनै क्षेत्रहो यसलाई किन यसरी हेरिन्छ ।
जिम्मेवार निकाय मौन बसे पुँजीअबजार हतोत्साहित हुने स्वभाविक नै हुन्छ । पूजीँ बजार इन्भेष्टरले जहाँ फाइदा हुन्छ त्यही लगानी गर्ने हो । फाइदा हुँदैन यो पुँजी बजारमा यस्तै निरुत्साहित गर्ने प्रवृत्ती आएछ पोलीसी आएछ भने त्यसको पुँजी पलायन हुन्छ अर्को सेक्टरमा जान्छ ।
तर, पुँजी बजार भनेको घट्नुब बढ्नु सुन्दर पक्ष पनि हो । अब किन्ने धेरै भए बढ्छ बेच्ने धेरै भए घट्छ यो स्वभाविक प्रकिया हो । तर जिम्मेवार व्यतिको अभियक्ति नचाहिने कुरामा विवाद भएको कारण मात्रै किन यस्तो अभिव्यक्ति आयो भनेर चाँसो दिएको हो । बजार आफ्नै गतिमा चल्न दिनु पर्छ ।
तरलताको अभावको कारण बजारमा घट्यो त्यो स्वभाविक हो । २र४ अंक घट्नु सामान्य कुरा हो । त्यसमा हामी केही बोल्ने जरुरी पनि छैन । जिम्मेवार निकाय जिम्मेवार तरिकाबट बोल्नु पर्ने हो ।
प्रकाशित समय ०७:३५ बजे