गृहपृष्ठ सेना दिवस : प्यारासुट दुर्घटना, सैनिक जवान टुँडिखेल बाहिर खसे

सेना दिवस : प्यारासुट दुर्घटना, सैनिक जवान टुँडिखेल बाहिर खसे

नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा प्यारासुट जम्पिङका क्रममा प्यारासुट दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प देखाउने क्रममा दुर्घटानमा परेको हो । एक सैनिक सिधै आकाशबाट जमिनमा खसेका छन्। दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका छन् । घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागि छन् ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु