गृहपृष्ठ थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३६० जनामा पीसीआर  परीक्षण गर्दा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला ४० र पुुरूष ६५ छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । वितेका २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट २ हजार ५५ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल देशभर १ हजार ५८७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७४ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु