गृहपृष्ठ मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फुलबुट्टे सारी’

मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फुलबुट्टे सारी’

अहिलेको चर्चित गीत ‘फूलबुट्टे सारी’लाई मदन कृष्ण श्रेष्ठको स्वरमा पनि रेकर्ड गरिएको छ । मंगलबार भिडियो सहितको गीत सार्वजनिक भएको हो । भिडियोमा मिथिला शर्मा र मदनकृष्णको अभिनय छ ।

गीतको शब्द तथा संगीत राजनराज शिवाकोटीले तयार पारेका हुन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । यस गीतलाई योभन्दा पहिले मार्मिक लामा, मिलन नेवार, अरिष्मा शिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु