गृहपृष्ठ चितवन निकुञ्जमा गैँडा मृत फेला

चितवन निकुञ्जमा गैँडा मृत फेला

फाइल तस्बिर ।

चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एक गैँडा मृत फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्टनजिक मृत गैँडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ । गैँडाको खागखुर भने सुरक्षित रहेको उहाँले जानकारी दिए । गैँडा बुढो भएर मरेको अनुमान गरिएको उनले बताए ।

निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । तीमध्ये चार वटा चोरी शिकारले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा छन् तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैँडा छन् । यस वर्ष गैँडाको गणना गर्ने तयारी गरिएको छ ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु