गृहपृष्ठ सपना रोकामगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

सपना रोकामगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो । बस्नेतले सपना रोका मगरका नांगो तस्बिर सार्वजनिक गरिदिने अभिव्यक्ति दिएका थिए ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो । गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु