गृहपृष्ठ वैदेशिक रोजगार संघका अध्यक्ष गुरुङको घरमा बिस्फोट, दुई जना घाइते

वैदेशिक रोजगार संघका अध्यक्ष गुरुङको घरमा बिस्फोट, दुई जना घाइते

काठमाडौंको बसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शुक्रबार राति बिस्फोट भएको छ ।

गुरुङको घरमा पार्किङ गरिराखिएको गाडीमा विस्फोट भएको हो । विस्फोटपछिको लागेको आगोमा परि दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जानकारी दिएको छ ।

 

घाइतेहरुलाई चिरायु अस्पताल उपचार भइरहेको छ । वृत्तका अनुसार ठूलो विस्फोटको आवाजपछि मुस्लो देखेर प्रहरी घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा लिएको थियो । आगो निभाउन दुई दमकल, प्रहरी र स्थानीयबासी जुटेका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु