गृहपृष्ठ वन अधिकृत साह ३० हजार घुससहित पक्राउ
वन अधिकृत साह ३० हजार घुससहित पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कैलाली जिल्ला वन कार्यालयका वन अधिकृत भरत साहलाई ३० हजार घुससहित पक्राउ गरेको छ ।
अख्तयार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले वन अधिकृत साहलाई घुससहित पक्राउ गरेको हो । अख्तियारका अनुसार अधिकृत साहलाई वन कार्यालयमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
वन सम्बन्धी मुद्दा मिलाइदिने भन्दे उनले सेवाग्राहीसँग घुस मागेको जनाइएको छ ।
प्रकाशित समय १९:२७ बजे

















