गृहपृष्ठ प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिने
प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिने
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस काउन्सिल नेपालद्वारा प्रस्तुत नियम र कानुनसम्मत कुनै पनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाएका छन् । काउन्सिलको वार्षिक समीक्षा बैठकमा उनले एक साताभित्र कार्ययोजना बनाउन आग्रह गरे ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले तयार भएका ऐन, विनियमावली, निर्देशिकाहरु यथाशीघ्र स्वीकृत हुनुपर्ने भन्दै आगामी वर्ष स्वर्ण जयन्ती वर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने बताए ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्दै आर्थिक बर्ष २०७५÷७६ को नीतिगत, कानुनी उपलब्धी, पछिल्लो दुई वर्षमा भएका महत्पूर्ण उपलब्धी, आगामी सोच तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बोर्ड सदस्यहरुले प्रादेशिक रुपमा काउन्सिलको कार्यालय स्थापना गरी त्यहीँबाट अनुगमन गर्नुपर्ने, मन्त्रालयबाट रोकिएका कामहरु यथाशीघ्र अघि बढाउनुपर्नेमा जोड दिए ।
काउन्सिलका बोर्ड सदस्यहरू गोविन्द आचार्य, गोविन्द चौंलागाई, शुभेच्छाबिन्दु तुलाधर, संगीता खड्का, गोपाल बुढाथोकी, चेतनाथ धमला, इश्वरीप्रसाद ओझा, सदस्य–सचिव बालकृष्ण घिमिरे त्यस्तै काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनाल, प्रेस काउन्सिल नेपाल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछाने, आचारसंहिता अनुगमन (विद्युतीय) शाखा प्रमुख उप–प्रशासकीय रामशरण बोहरालगायत अन्य कर्मचारीहरुको सहभागिता थियो ।
प्रकाशित समय १७:५० बजे

















