गृहपृष्ठ मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ । पहिलो चरणमा खेलकूद मैदानको परिसर निर्माण सुरु भइरहेको छ ।

पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागिएको जनाइएको छ । गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीरतीले जानकरी दिए । मैदान निर्माणका लागि बागमती प्रदेश सरकारले ४० लाख तथा संघीय सरकारले ३० लाख उपलब्ध गराएका छन् । मैदान पूर्वाधार निर्माण पूरा गर्न ५४ करोड लाग्ने जनाइएको छ ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु