गृहपृष्ठ आवधिक योजनाका लागि सुझाव संकलन

आवधिक योजनाका लागि सुझाव संकलन

प्रथम आवधिक योजनाको आधार पत्र तर्जुमाको लागि कर्णाली प्रदेश योजना आयोगले सुझाव संकलन सुरु गरेको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोग सुझाब संकलन गोष्ठिको आयोजना गरियो । जिल्लाबाट प्रतिनिधिसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगाएतले आयोगलाई सुझाब दिएका छन् ।

कार्यक्रममा सहभागीहरुले सबै प्रदेशको स्पष्ट भिजन हुनुपर्ने, सुर्खेतदेखि हिल्साको सडकको काम अगाडि बढाउने पर्ने , फास्ट ट्रयाकलाई पनि प्राथमीकतामा राख्नु पर्ने, नीति तथा कार्यक्रम तयार गर्दा स्थानीय तहसँग पनि समन्वय गरेर अगाडि जानुपर्ने र संघ, प्रदेश र स्थानीय तहका कार्यक्रम उस्तै प्रकृतिका हुन नहुने लगायतका सुझाब दिएका छन् ।

आयोगले आवधिक योजनाका लागि कर्णालीका १० वटै जिल्लामा सुझाव संकलन गर्ने तयारी गरेको कर्णाली प्रदेश योजना आयोगका उपाअध्यक्ष पुण्यप्रसाद रेग्मीले बताए । उनले भने ‘वार्षिक योजना, पञ्च वर्षिय योजना लगायतका योजना बनाउने तयारी गर्दै छ । अहिले आवधिक योजना बलाउँदैछौ । जसले बजेट निर्माणमा सहयोग पुग्छ । त्यसपछि पञ्चवर्षिय योजनाको तयारीमा लाग्नेछौं ।’

आवधिक योजना तर्जुमाको सुझाव संकलनको लागि आयोगले प्रदेशका १० वटै जिल्लामा यहि चैत्र ३ गते सल्यान,४ गते रुकुम, ६ गते जाजरकोट, ८ गते दैलेख, ९ गते कालीकोट, १० गते जुम्ला, १२ गते मुुगु, १६ गते डोल्पा र १९ गते हुम्लामा तयारी गरेको रेग्मीले बताए । यसरी संकलन गरेर ल्याएका सुझावहरुलाई सार्वजनिक गर्ने उनको भनाई थियो ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु